३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


अवरुद्ध बीपी राजमार्ग सन्चालनमा


0
Shares

सडकमा पल्टिएको ट्रकलाई पन्छाइएपछि राजमार्ग सन्चालनमा आएको हो ।

सुनकोसी गाउँपालिका–६ चैनपुरमा सोमबार राति इँटा लोड गरिएको बा५ख ३३४७ नम्बरको ट्रक पल्टिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

ट्रक पन्छाउन खुर्कोट, बनेपा, सूर्यविनायक सडक आयोजनाको क्रेन मगाइएको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए ।

बीपी राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गरिएको छ । रासस