१५ बर्षमै विवाह गरेकी सदिक्षाले एकसाथ तीन छोरी जन्माईन्, हुर्काउन समस्या • Image Khabar Image Khabar


१५ बर्षमै विवाह गरेकी सदिक्षाले एकसाथ तीन छोरी जन्माईन्, हुर्काउन समस्या


Imagekhabar
३० फाल्गुन २०७४, बुधबार १०:००

१५ बर्षमै विवाह गरेकी सदिक्षाले एकसाथ तीन छोरी जन्माईन्, हुर्काउन समस्या

सोमबार शैनपसेला स्वास्थ्य चौकीमै उनले एकसाथ तीनवटा छोरी जन्माएकी हुन् । १५ बर्षको उमेरमा विवाह गरेकी जप्रेलले २२ बर्षको उमेरमा पहिलो पटक छोरी जन्माएको उनकी सासु अञ्जना जप्रेलले बताइन् ।

सदिक्षाका तीनवटै छोरी सकुशल छन् । एकसाथ तीन छोरी जन्माएपछि छिमेकी ठाउँ दौला, सैनपसेला, दुर्गाथली, भलाने लगायतकाबाट हेर्न जानेको भिड लाग्ने गरेको छ । तीनवटै छोरीको नाम समेत राखिएको अञ्जनाले बताइन् । उनका अनुसार जेठी छोरीको नाम आकृति, माईलीको नाम प्रकृति र कान्छीको नाम संस्कृति राखिएको छ ।

१५ बर्षमै विवाह गरेकी सदिक्षाले एकसाथ तीन छोरी जन्माईन्, हुर्काउन समस्या

घरमा काम गर्ने कोही नभएका कारण हेरचाहमा समस्या भएको उनको भनाइ छ । ‘सासु र बुहारीमात्रै घरमा छौं,’ अञ्जनाले भनिन् । उनका अनुसार श्रीमान् भिम जपे्रल र छोरा गजेन्द्र जपे्रल रोजगारी गर्नका लागि भारत गएका छन् । घरको सबै काम आफुहरुले गर्नु परेको उनले बताइन् ।

छोरीलाई जन्मदिए पनि घरको अवस्था कमजोर भएका कारण तीनवटै नातिनीको शरीरमा लगाउने कपडा सम्म किन्न नसकेको अञ्जना बताउँछिन् । ‘स्वास्थ्य चौकीबाट पाएका लुगाले अहिले गुजरा चलाई रहेका छौं,’ उनले भनिन्, ‘घरमा एक फुटेको कौडीसम्म छैन, केले लुगाफाटा किन्नु ?’

प्रतिक्रिया दिनुहोस्