Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


स्थानीय तहका जनप्रतिनिधि समस्यै समस्यामा, जनता सुविधाबाट वञ्चित (भिडियो)


0
Shares

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारालाई अघि सार्दै सरकारले स्थानीय तह सञ्चालनमा ल्याएको एक वर्ष पुरा हुन लागेको छ । तर बर्ष बित्न लाग्दासमेत जनताले भने नेताले भन्नेगरेजस्तो स्थानीय तहमा कुनै सेवा सुविधा पाएका छैनन् । ७ वटा स्थानीय तह रहेको धनकुटामा सबै स्थानीय तह विभिन्न समस्यै समस्याका बीच सञ्चालनमा छन् । नेताहरुले आश देखाएजस्तो सेवा सुविधा स्थानीय तहमा प्राप्त गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

सबै गाउँपालिका र नगरपालिकाले कर्मचारी समस्या मूख्य समस्याको रुपमा भोगिरहेका छन् । गाउँपालिका र नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि पशुलगायतका बिभाग छुट्याए पनि सबैतिर ती विभागमा कर्मचारी पुग्न सकेका छैनन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्