२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बझाङमा जिप दुर्घटना, दुईजनाको मृत्यु


0
Shares

छबिस पाथीभेराको ब्याँसी थलाराबाट भाँडेबजारतर्फ जाँदै गरेको से१ज ६१५ नम्बरको जिप नेटारेल्यामाटी भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा छबिस पाथीभेरा गाउँपालिका–५ की ५२ बर्षीया सोनकोसा जाग्री र ४८ बर्षीया रुद्रा जाग्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

दुर्घटनामा २ जना घाईते पनि भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।