
फुटपाथसहित दोहोरो गाडी चलाउन सकिने पुलको काम ९८ प्रतिशत पुरा भएको हो ।
सडक डिभिजन कार्यालय इलाम मार्फत निर्माणाधीन यो पुल पूर्वी क्षेत्रमै पहिलोपटक नयाँ प्रविधिबाट तयार गरिएको हो । प्रिस्टे«स कंक्रिट प्रविधिबाट निर्माण भइरहेको यो पुलको आयु लामो हुने प्राविधिकहरु बताउँछन् ।
यो प्रविधिबाट नेपालमा एकदम कममात्र पुल निर्माण गरिएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुवकुमार झाले बताए ।
४ करोड १३ लाख ९० हजार रुपैयाँको लागतमा २०७१ असार २७ गते पुल निर्माणको ठेक्का एलिट कन्ट्रसनले लिएको थियो । ४१ मिटर लामो र ११ मिटर चौडाइको यो पुल निर्माणपछि आसपासका क्षेत्रका बासिन्दालाई सहज हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्