२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


‘शिक्षक व्यवस्थापन गर्न छुट्टै ऐनको आवश्यकता’


0
Shares

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले स्थानीय तहबाट नै सन्चालन हुने नयाँ शैक्षिकसत्रमा शिक्षक व्यवस्थापन गर्न छुट्टै ऐनको आवश्यकता रहेको बताएका हुन् ।

कार्यक्रममा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय तहमा कस्तो शिक्षकको आवश्यकता छ भन्ने छनोट गर्ने अधिकार स्थानीय सरकारलाई भएपनि शिक्षक समायोजन गर्न छुट्टै ऐनको आवश्यकता हुने बताए ।

यस्तै, कार्यक्रममा शिक्षा मन्त्रालयमा प्रवक्ता डा. हरि लम्सालले शिक्षकको दरबन्दी विद्यार्थी संख्या, पठनपाठन हुने विषयका आधारमा निर्धारण हुने हुँदा स्थानीय तहमा शिक्षक छनोट समिति बनाएरसमेत शिक्षक व्यवस्थापन गर्नसकिने बताए ।

कार्यक्रममा सहभागी गाउँपालिकाका प्रमुखहरुले प्रदेशस्तरमा एउटै शिक्षा प्रणाली हुनुपर्ने भन्दै शिक्षकको व्यवस्थापन भने छिटो गरिदिन आग्रह गरेका थिए ।