
अघिल्ला दिन निरन्तर उच्च अंकले घटेको नेप्से यसदिन ४ अंकले सच्चिएर १२ सय ८५ विन्दुमा थामियो ।
यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से सच्चिएको हो ।
यसदिन वाणिज्य बैंक, विकास बैंक, जलविद्युत्, बिमा, अन्य र लघुवित्त समूहमा सुधार आयो भने होटल, वित्त, र उत्पादनमूलक समूहमा गिरावट आयो ।
यसदिन १५६ कम्पनीका ६ लाख २३ हजार कित्ता सेयर १८ करा्ड ४५ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्