
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टारले मनाङ–मर्स्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
पुलिस भने बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजिक टिम रुपन्देही–११ लाई हराउँदै फाइनलमा पुगिसकेको छ ।
बिहीबारको खेलको २३औं मिनेटमा विदेशी खेलाडी फोलोरेक्सको गोलबाट मनाङले सुरुआती अग्रता बनाएको थियो । तर, त्यसलाई कायम राख्न सकेन ।
मनाङको अग्रतालाई थ्रीस्टारले एक मिनेट पनि टिक्न नदिइ बराबरी गोल फर्काएको थियो । थ्रीस्टारका बुद्ध चेम्जोङले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।
खेलको ३९औैं मिनेटमा थ्रीस्टारका कप्तान निराजन खड्काले हेडमार्फत् गोल गरेसँगै टिमले २–१ को अग्रता बनायो । त्यसपछि दुवै टोलीबाट थप कुनै गोल भएन र थ्रीस्टार फाइनलमा पुग्न सफल भयो ।
खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका बुद्ध चेम्जोङ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
देवीनगरस्थित एन्फा टेक्निकलको खेलमैदानमा जारी प्रतियोगिताको विजेता टिमले ७ लाख ७७ हजार ७७७ तथा उपविजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँ हात पार्नेछन् ।
प्रतिक्रिया दिनुहोस्