Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


राष्ट्रपति भण्डारीलाई चीन र बंगलादेशको बधाइ


0
Shares

राष्ट्रपति भण्डारीलाई बिहीबार पठाएको सन्देशमा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुकले चीन–नेपाल सम्बन्ध सुदृढीकरणलाई अतिमहत्व दिएको र द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रपति भण्डारीसँग बिहीबार अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरी राष्ट्रपति सीको बधाइ सन्देश हस्तान्तरण गरेकी थिइन् ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पनि बिहीबारै राष्ट्रपति भण्डारीलाई बधाइ सन्देश पठाउँदै पारस्परिक लाभका लागि बंगलादेश–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन राष्ट्रपति भण्डारीसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस