इन्धन ट्यांकर चालकको आन्दोलन स्थगित • Image Khabar Image Khabar


इन्धन ट्यांकर चालकको आन्दोलन स्थगित


Imagekhabar
२ चैत्र २०७४, शुक्रबार १८:१२

इन्धन ट्यांकर चालकको आन्दोलन स्थगित

चालकहरुको आन्दोलन स्थगनसँगै पूर्वी नेपालमा बढेको तेलको संकट मत्थर हुने देखिएको छ ।

झापा जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय वार्तापछि ढुवानी मजदुरले आन्दोलन स्थगित गरेका हुन् ।

वार्तामा सात सदस्यीय मजदुरहरुको तलब–भत्ता समायोजन समिति गठन गर्ने सहमति भएको छ ।

पेट्रोलियम डिलर्स एसोसिएसन मेचीका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाको संयोजकत्वमा मजदुर, आयल निगमका कर्मचारी र डिलर्स पदाधिकारी सम्मिलित समिति गठन गरिएको हो ।

विगत दुई दिनदेखि ट्यांकर मजदुर आन्दोलित हुँदा पूर्वमा पेट्रोल र डिजेल अभाव हुन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्