२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मन्त्रिपरिषद विस्तार, यी हुन् नवनियुक्त ११ मन्त्री


0
Shares

नेकपा एमालेका ६ जना र माओवादी केन्द्रका तर्फबाट ५ जनामन्त्री शुक्रबार थपिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारै साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

नवनियुक्त मन्त्रीहरुमा एमालेबाट प्रदीप ज्ञवाली–परराष्ट्र, गोकर्ण विष्ट–श्रम तथा रोजगार, रवीन्द्र अधिकारी– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, रघुवीर महासेठ–भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङ–कानुन, न्याय तथा संसदीय मामिला र जगत विश्वकर्मा–युवा तथा खेलकुदमन्त्री रहेका छन् ।

यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन–ऊर्जा, जलस्रोत तथा सिँचाइ, गिरिराजमणि पोखरेल–शिक्षा, शक्ति बस्नेत–वन तथा वातावरण, चक्रपाणि खनाल–कृषि तथा भूमि व्यवस्था र सहकारी र वीना मगर–खानेपानीमन्त्री रहेका छन् ।

यस्तै, एमालेबाटै गोकुल बाँस्कोटा-सन्चार राज्यमन्त्री बनेका छन् भने पद्मा अर्याल-स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।

माओवादी केन्द्रबाट धनबहादुर बुढा–पर्यटन र रामकुमारी चौधरी–कृषि राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति भवन शीतल निवासमै शपथग्रहण गराए ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल भने सरकारमा सहभागी भएका छैनन् ।