
जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत् सातौं स्थानका लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्न लागेका हुन् ।
बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका हो ।
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्ड्स अहिलेसम्म चारपटक आमने–सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई/दुई खेल जितेका छन् ।
शनिबार नै नवौं स्थानका लागि हङकङ र पपुवा न्यूगिनी पनि भिड्दैछन् । रासस
प्रतिक्रिया दिनुहोस्