नेपाललाई ‘रुवान्डा’ र ‘इथियोपिया’ बनाउनबाट रोकेको छु:  प्रधानमन्त्री ओली « Image Khabar


नेपाललाई ‘रुवान्डा’ र ‘इथियोपिया’ बनाउनबाट रोकेको छु:  प्रधानमन्त्री ओली


Imagekhabar
३ चैत्र २०७४, शनिबार १३:१४

पूर्व सांसद् मञ्च र नेपाल निजामति कर्मचारी संगठनको संयुक्त टोलीलाई आज बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले विगतमा जात जाती र भाषाभाषीलाई उचालेर मुलुकलाई रुवान्डा र इथियोपिया बनाउन खोजेको तर आफूले सफल हुन नदिएको बताए ।

अहिलेको सरकारको एउटै लक्ष्य आर्थिक समृद्धि भएको भन्दै ओलीले अब मुलुकमा प्रशासनिक ढिलाई नहुने पनि स्पष्ट पारे । सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्र सेवक कर्मचारीलाई जनताको काम इमान्दारितापूर्वक गर्न पनि निर्देशन दिए ।

उनले जनताले काममा ढिलाई भएको गुनासो आए कसैको अनुहार नहेरी कारबाही गर्ने चेतावनी दिए । पूर्व सांसद् मञ्चले सरकारले गरेका काममा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्