
संघीय संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालकाअनुसार उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले (राना)को उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि शनिबार मध्याह्न ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो ।
राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ ।
निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिनेछन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्छिन् ।
संघीय संसदको माथिल्लो सदनकारुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोकारुपमा हेर्ने गरिन्छ ।
राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसकेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्