
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगी उनले नगरप्रमुख चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
उक्त अवसरमा प्रधानमन्त्रीले चौधरीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए ।
प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिए ।
‘उपचार खर्च सरकारले व्यहोर्छ’–प्रधानमन्त्री ओलीले भने–‘उहाँको उपचारमा कुनैपनि कसर बाँँकी नराखी उपचार गर्नोस् ।’
सोही अवसरमा उनले चौधरीको घटनाबारे निष्पक्ष छानबिन हुने परिवारका सदस्यलाई बताए । उनले घटनामा संलग्नलाई कानुनअनुसार कारबाही हुनेसमेत बताए ।
चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य डा. राजन भट्टराईसमेत अस्पताल गएका थिए ।
सोही अवसरमा चौधरीको उपचारमा संलग्न चिकित्सक डा. प्रदीप थापासँग पनि प्रधानमन्त्री ओलीले जानकारी लिए ।
नगरप्रमुख चौधरीलाई अपरिचत समूहले गत फागुन २८ गते घरमा बसिरहेका बेला गोली र खुकुरी हानेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्