२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदै


0
Shares

काठमाडौं, चैत ४ । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ । संसद् भवन नयाँबानेश्वरमा उपाध्यक्ष चयनका लागि मतदान हुन लागेको हो ।

उपाध्यक्षमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी शशीकला दाहाल र नेपाली कांग्रेसका तर्फबाट वृन्दादेवी आले राना प्रतिस्पर्धामा छन् ।

राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २÷२ जना सांसद छन् ।

तीन जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका सदस्य छन् ।

शशीकला दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले उनी राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित हुने निश्चित जस्तै छ ।