पढाई खर्च जुटाउन कलिला हात गिट्टी कुट्न बाध्य • Image Khabar Image Khabar


पढाई खर्च जुटाउन कलिला हात गिट्टी कुट्न बाध्य


Imagekhabar
४ चैत्र २०७४, आईतवार १६:५६

पढाई खर्च जुटाउन कलिला हात गिट्टी कुट्न बाध्य

धामीमात्र होइन, उनीजस्तै साँफेबगर नगरपालिका वडा नम्बर ११ देवीस्थानस्थित सेती लोकमार्गमा सडक छेउछाउ केही बालबालिका यसरी गिट्टी कुटेरै पढाई खर्च जुटाउँदै आएका छन् ।

विद्यालय समयबाहेक उनीहरु राजमार्ग छेउछाउमा ढुंगा जम्मा गरेर गिट्टी कुटिरहेको अवस्थामा भेटिने गर्दछन् । विद्यायल समयमा पढाई गर्ने र अन्य समय प्रायः उनीहरु गिट्टी कुट्ने काममा व्यस्त रहने गरेका छन् । शैक्षिक सामाग्री जुटाउन र खाली समयको सदुपयोग गर्न यसरी गिट्टी कुट्ने गरेको धामीको भनाइ छ । ‘आर्थिक अवस्था कमजोर छ,’ उनले भने, ‘ गट्टी कुटेर पढाई खर्च जुटाउँदै आएको छु ।’

यस्तै साँफेबगर नगरपालिका वडा नं. ११ देवीस्थानस्थित महाकाली प्राविमा कक्षा ३ मा अध्ययनरत (बर्ष १०) कि वीरकला बोहरा पनि आर्थिक अवस्था कमजोर भएपछि गिट्टी कुटेर पढाई खर्चको जोहो गर्दै आएकी छन् । दुई वर्ष अघि आमाको मृत्यु भएपछि उनलाई पढाई खर्च जुटाउन गिट्टी कुट्न बाध्य हुनु परेको हो । उनले भनिन्, ‘दुई वर्ष अघि आमा बितिन्, अहिले आमाको याद आईरहेको छ ।’

गिट्टी कुटेर नै आफूले कापी, कलमका साथै लुगाफाटोका लागिसमेत पैसा जम्मा गर्ने गरेको उनले बताईन् ।

साथीहरुसँग गिट्टी कुट्नको लागि हथौडा भए पनि आफूसँग हथौडासमेत नभएका कारण कोदालोले गिट्टी कुट्ने गरेको उनले बताईन् । बालबालिकाका क्षेत्रमा काम गर्ने कयौं संस्था भए पनि आफूहरुलाई कसैले सहयोग नगरेको उनको भनाइ छ ।

महाकाली प्राविमा अध्ययनरत विद्यार्थीहरु राजमार्ग छेउछाउमा गिट्टी कुट्नका लागि नै बिहानबेलुका धाउने गरेका छन् । छेउमै रहेको महाकाली प्राविको भवन निर्माणको लागि उनीहरु गिट्टी कुट्न थालेका हुन् ।

महाकाली प्राविका कक्षा २ मा अध्ययनतरत गर्ने युवराज बोहरा पनि विद्यायलमा पढाईसँगै गिट्टी कुट्ने खर्च जुटाउँदै आएका छन् । आफ्ना आवश्यकताहरु आफै जुटाउन र खाली समयको सदुपयोग गर्ने गरेको उनले बताए । ‘बुवा भारततिर हुनुहुन्छ, आमा घरको काममा व्यस्त हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले मैले पनि केही काम गरेर आफ्नो खर्च जुटाउन पर्छ भन्ने सोचेर खाली समयमा गिट्टी कुटेर बिक्री गर्ने गर्दछु ।’

बिहान–बेलुका कम्तिमा पनि ४ देखि ५ कट्टा गिट्टी फोडेर बेच्ने गरेको उनले सुनाए । ‘यसले मेरो कापी, कलममात्र नभएर घरको आवश्यकता समेत परिपूर्ति हुने गरेको छ ।’

एक कट्टाको दुई सय रुपैयाँ दिने गरेको बोहराले बताए । अरु बिहान र बेलुकाको समय खेलेर बिताउछन् तर आफू भने हातमा हतौडा र कट्टा लिएर सडक छेउ गिट्टी कुट्न निस्कने गरेको उनी बताउँछन् ।

सडक छेउका विपन्न र गरीब परिवारका बालबालिका विद्यालय समय अघिपछि प्रायः हातमा हतौडा र गिट्टी जम्मा गर्ने बोरा समातेको अवस्थामा सडक छेउमा भेटिने गर्दछन् । गिट्टी कुट्ने रहर नभएर बाध्यता रहेको आयआर्जन कम भएका विपन्न परिवारका बालबालिकाको भनाइ छ ।

राजमार्ग आसपासका गाउँका पुरुष प्रायः रोजगारका लागि भारततिर जाने गरेको र सो पैसाले घरखर्च चलाउन पनि मुस्किल पर्ने भएकाले बालबालिका दैनिक कामकाज चलाउनका लागि भए पनि सडक किनारामा गिट्टी कुट्ने गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्