Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


जथाभावी जग्गा प्लटिङमा रोक


0
Shares

नगर कार्यपालिकाको १७ औं बैठकले जग्गा विकास तथा प्लटिङ सम्बन्धी मापदण्ड–२०७४ पारित गर्दै नगरपालिकाको पूर्व–स्वीकृति विना जग्गा प्लटिङमा रोक लगाएको हो ।

मापदण्डमा नगरपालिकाले निकट भविष्यमा ल्याउने भू–उपयोग योजनाको भावना विपरीत हुनेगरी कुनै पनि प्लटिङ स्वीकृत नदिइने उल्लेख छ । मापदण्डमा जग्गा प्लटिङ गर्दा क्षेत्रफलअनुसार खुला ठाउँ तथा पार्कका लागि आवश्यक जग्गा सार्वजनिक स्वामित्वमा राख्नुपर्ने उल्लेख छ ।

नयाँ सडकको चौडाई कम्तिमा ३० फिट हुनुपर्ने निर्णय यसअघि नै गरेको तिलोत्तमा नगरपालिकाले पारित गरेको मापदण्डमा जग्गा प्लटिङ गरी कारोबार गर्न चाहने व्यक्ति, फर्म वा संस्थाले जग्गाको क्षेत्रफल अनुसार नगरपालिकामा धरौटी राख्नुपर्ने व्यवस्था पनि गरेको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

जग्गा विकास गर्नेले सडक कालोपत्रे, विद्युत्को खम्बा तथा तार, ढलका साथै खानेपानीको लाईनलगायतका पूर्वाधार आफैंले निर्माण गर्नुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ ।