एसइई परीक्षाका लागि विद्यार्थीलाई यस्तो छ शिक्षकको सुझाव (भिडियो) • Image Khabar Image Khabar


एसइई परीक्षाका लागि विद्यार्थीलाई यस्तो छ शिक्षकको सुझाव (भिडियो)


Imagekhabar
४ चैत्र २०७४, आईतवार १९:१४

एसइई परीक्षाका लागि विद्यार्थीलाई यस्तो छ शिक्षकको सुझाव (भिडियो)

परीक्षा भन्ने वित्तिकै विद्यार्थीहरुको मनमा एक खालको डर पैदा हुने गर्दछ । अझै त्यसमा एसईई परीक्षालाई फलामे ढोकाको रुपमा चित्रित गरिँदा विद्यार्थीहरु मनोवैज्ञानिक दवावमा पर्ने गरेका छन् । तर, शिक्षकहरु यो परीक्षालाई अन्य परीक्षा झै सामान्य रुपमा लिन सुझाव दिन्छन् ।

शिक्षकहरु एसईई परीक्षालाई आफूले जानेको कुरा देखाउने मौकाको रुपमा लिन विद्यार्थीहरुलाई सुझाव दिन्छन् । विगतका परीक्षाजस्तै यसलाई पनि विद्यार्थीले सामान्य रुपमा लिनुपर्ने उनीहरुको भनाइ छ ।

परीक्षा भन्ने बित्तिकै डराउने, जानेको कुरा पनि लेख्न नसक्ने, प्रश्न नै नबुझ्ने जस्ता समस्याहरु विद्यार्थीहरुले झेल्दै आएका छन् । जसका कारण उनीहरुले सोचेजस्तो उत्तर लेख्न सक्दैनन् । असर नतिजामा पर्छ । समयको ख्याल गरेर नडराइ अन्य परीक्षामा जस्तै लेख्न शिक्षकहरुको सुझाव छ ।

यस बर्षको परीक्षामा ४ लाख ७५ हजार ५ सय ६६ विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाको समयमा आफ्नो स्वास्थ्यको समेत विशेष ख्याल राख्नु आवश्यक छ । फेल हुने डरले रातभरी नसुति पढ्ने, खानपानमा ध्यान नदिँदा त्यसले विद्यार्थीको परीक्षामा नकारात्मक असरपार्छ ।

एसईई परीक्षाका लागि शिक्षकले दिएको टिप्स भिडियोमा हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्