२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव ढाका लगियो


0
Shares

विमान दुर्घटनामा २६ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो । तीमध्ये तीनजनाको शव अझै पहिचान भएको छैन ।

शवहरुलाई बंगलादेशको सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको बंगलादेशी सन्चारमाध्यमहरूले जनाएका छन् ।

श्रद्धाञ्जलि समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने बंगलादेशी सन्चारमाध्यमले जनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सो विमान दुर्घटनामा परी घाइते भएका १० बंगलादेशीमध्ये दुईजनालाई उपचारका लागि सिंगापुर लगिएको छ । ६ जनाको ढाका मेडिकल कलेज अस्पतालमा भइरहेको छ भने एकजनालाई नयाँदिल्ली लगिएको जनाइएको छ ।