
फलामखानीका स्थानीय शिवबहादुर क्षत्रीको घरमा भएको आगोलागीबाट घर र गोठ जलेर पूर्णरुपमा नस्ट भएको छ भने गोठमा पालेका दुईओटा भैसी र दुईओटा गोरुसमेत मरेका छन् ।
घरमा जोडिएको विद्युत् सर्ट हुँदा घरबाट फैलिएको आगो तत्काल नियन्त्रणमा लिन नसक्दा घर, धन्सार र चौपायाकोसमेत क्षति भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए ।
आगो निभाउन राति स्थानीयहरुले प्रयास गरेपनि नजिकमा पानीको स्रोत र दमकलकोसमेत व्यवस्था नहुँदा नसकिएको र धेरै समय लागेको उच्चैले बताए ।
आगोलागीमा परी घर, गोठ जलेर नस्ट भएपछि क्षत्रीको परिवार अहिले आफन्तकोमा आश्रय लिएर बसेको छ ।
जलेको घरमा क्षत्रीका तीनजनाको परिवार बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्