
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी सरकारी गाडी दुरुपयोगको धेरै गुनासो आएको भन्दै अनुमति नलिइ बिदाका दिन गाडी नचलाउन निर्देशन दिएको हो ।
बिदाका दिन सरकारी गाडी चलाउनुपरेमा प्रायोजन र प्रयोग गर्ने व्यक्तिको नाम, पद र सम्पर्क नम्बर खुलाएर पास बनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।
यस्तै, सरकारी गाडीमा निजी गाडीकोजस्तो रातो नम्बर प्लेट राखिएको भए तत्काल सेतो प्लेट कायम गर्न पनि आग्रह गरिएको छ ।
गृह मन्त्रालयले सवारी–साधन दुरुपयोगको जानकारी गराउन टेलिफोन नम्बरसमेत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्