३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


गायिका कमला श्रेष्ठको निधन


0
Shares

लामो समयदेखि मुटुरोगबाट पीडित श्रेष्ठको उपचारकाक्रममा सोमबार गंगालाल अस्पताल काठमाडौंमा निधन भएको हो ।

वि.सं. २०२४ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा ‘नौ गेडीको माला मेरो’ बोलको गीत गाएर गायन क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठका लोकगीत र आधुनिक गरी २०० भन्दा बढी गीतहरु रहेका छन् ।

२०२५ सालदेखि रेडियो नेपालमा गायिकाकारुपमा काम गरेकी श्रेष्ठले साँस्कृतिक संस्थानमा ३८ वर्ष काम गरेकी थिइन् ।

उनका ‘सरर मलेवा घुम्छ’, ‘बादलमुनि मायालाई’, ‘नेपाली जनताको लहर हरर गुडने भयो मोटर’लगायतका गीतहरु चर्चित रहेका छन् ।

वि.सं. २००५ साल कात्तिक ९ गते काठमाडौंको असनमा श्रेष्ठको जन्म भएको थियो ।