कावासोतीमा नेपालकै पहिलो परासर प्रतीककुम्भ मेला सुरु • Image Khabar Image Khabar


कावासोतीमा नेपालकै पहिलो परासर प्रतीककुम्भ मेला सुरु


Imagekhabar
६ चैत्र २०७४, मंगलवार ०९:३०

कावासोतीमा नेपालकै पहिलो परासर प्रतीककुम्भ मेला सुरु

नवलपरासी, चैत ६ , पूर्वी नवलपरासीको कावासोती नगरपालिका लोकाहामा नेपालकै पहिलो परासर प्रतीककुम्भ मेला सुरु भएको छ ।

हिजोबाट सुरु भएको मेला २५ गतेसम्म सञ्चालन हुने छ । बौद्धिक सनातन हिन्दु धर्म रक्षाका लागि कुम्भ मेलाको आयोजना गरिएको संकल्पकर्ता देवाचार्य जी महाराजले जानकारी दिए ।

यो क्षेत्रलाई धार्मिक पर्यटनस्थलको रुपमा स्थापित गर्ने, देश विदेशबाट नेपालका तीर्थहरुमा भ्रमण गर्न आउनेहरुका लागि धर्मशाला एवं अन्न क्षेत्र निर्माण गर्ने, वैदिक कामधेनु गौ संरक्षण गर्ने उद्देश्यले मेला सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्