२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कपिलवस्तुले जित्यो दृष्टिविहीन क्रिकेटको उपाधि


0
Shares

युनाइटेड मिसन टु नेपालको सहयोग तथा दलित सामाजिक विकास केन्द्र र सामुदायिक रेडियो तिलौराकोटको आयोजनामा भएको प्रतियोगितामा कपिलवस्तुले रुपन्देहीको लुम्बिनी दृष्टिविहीन क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको हो ।

निर्धारित् १० ओभरको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा १२९ रन बनाएको थियो ।

लुम्बिनीका लागि रामप्रसाद पौडेलले सर्वाधिक ५१ रनको पारी खेल्दा कपिलवस्तुका गणेश सापकोटाले ३ विकेट लिए ।

१३० रनको विजयी लक्ष्य कपिलवस्तुले ६ ओभर ४ बलमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कपिलवस्तुका कप्तान अब्दुल जहिद फकिरले अविजित रहँदै ६१ रन जोडे ।

विजयी टोलीलाई प्रदेशसभा सदस्य सहसराम यादवले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।