
यही चैत ९ देखि १९ गतेसम्म सन्चालन हुने प्रतियोगितामा हिमालयन फुटबल क्लब मलेसिया र नेपालका तीन विभागीय क्लबसहित १० टिमको सहभागिता रहने जनाइएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नम्बर–५ को आयोजनामा हुने प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेता टिमले नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताबारे आयोजकले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस्