 
	    नेपाली टिमका मुख्य प्रशिक्षक ग्योतोकी कोजुले मंगलबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
टोलीमा बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, सुनिल बल र अन्जन विष्ट रहेका छन् ।
त्यसैगरी, सुमन लामा, विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, किरण चेम्जोङ, विकेश कुथू र एलन न्यौपाने टोलीमा समेटिएका छन् ।
दोहोरो पहेंलो कार्डका कारण भरत खवासले टिममा स्थान बनाउन नसक्दा चोटका कारण विक्रम लामा टिमबाहिर भएका छन् ।
कमल श्रेष्ठ, रविन श्रेष्ठ, विशाल श्रेष्ठ र विमल बस्नेत भने प्रशिक्षणमा रहेपनि अन्तिम टोली घोषणामा बाहिरिन पुगे ।
नेपालले यही चैत १३ गते कतारमा यमनविरुद्ध अन्तिम खेल खेल्ने कार्यक्रम छ ।
समूह चरणमा एक अंक जोडेको नेपाल पुछारमा रहेको छ । यो खेल नेपालको प्रतिष्ठाका लागिमात्रै रहनेछ । नेपालले सोमबारदेखिमात्रै पूर्णप्रशिक्षण थालेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्