१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुनको मूल्य तोलामा ३०० ले बढ्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलाको ५७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १३ सय ११ डलर हाराहारीमा कारोरबार भएको थियो ।