मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालकसहित दुईजना घाइते • Image Khabar Image Khabar


मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालकसहित दुईजना घाइते


Imagekhabar
७ चैत्र २०७४, बुधबार ०८:५१

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालकसहित दुईजना घाइते

मंगलबार बेलुकी सवा ७ बजे बा८५प ९२७ नम्बरको पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिंदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पैदलयात्री सातदोबाटो बस्ने ६० बर्षीय चैतमान शाक्य रहेका छन् । गम्भिर घाइते भएका शाक्यको उपचारको क्रममा बिएण्डबी अस्पतालमा गएराति पौने १० बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर झम्सीखेल बस्ने सप्तरी राजविराजका १९ बर्षीय सन्तोष सिंहको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा पछाडी सवार उनका १८ बर्षीय भाई सुभाष सिंहको भने बिएण्डबी अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्