१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


ढिस्कोले पुरिएर बालिकाको मृत्यु


0
Shares

दिपायल–सिलगढी नगरपालिका–२, दिपायलमा बुधबार बिहान सो घटना भएको हो ।

घटनामा परी शिखर नगरपालिका–११, अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो ।

घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पुर्‍याउनेक्रममा उनको मृत्यु भएको हो । उनी दिपायलमा फुपूको घर आएकी थिइन् ।

घटनामा परी दिपायल–सिलगढी नगरपालिका–२, दिपायलका ५६ वर्षीय चेत साहु घाइते भएका छन् । उनको शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । रासस