दाहालसँग एकता हुन सक्दैन : बाबुराम • Image Khabar Image Khabar


दाहालसँग एकता हुन सक्दैन : बाबुराम


Imagekhabar
७ चैत्र २०७४, बुधबार १७:०९

दाहालसँग एकता हुन सक्दैन : बाबुराम

नयाँ शक्ति पार्टी प्रदेश नम्बर–३ र ४ ले संयुक्तरुपमा आयोजना गरेको लुम्बिनी बैठक भाव सम्प्रेशण कार्यक्रममा सहभागी हुन चितवन आएका उनले बुधबार सन्चारकर्मीहरुसँग कुरा गर्दै दाहालसँग पार्टी र कार्यगत एकता सम्भव नरहेको स्पस्ट पारेका हुन् ।

दाहाल ‘सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको’ भन्दै उनले बोलेका कुराहरुमा टिप्पणी गर्नुको औचित्य नभएको भट्टराईले बताए ।

नेपालको परिवर्तन चाहने र वैकल्पिक राजनीतिक शक्तिसँगै पछाडि परेका शक्तिहरुसँग सहकार्य गर्दै जाने भट्टराईले उल्लेख गरे ।

अहिलेसम्म कसैसँग पनि पार्टी एकताको कुरा नचलेको भन्दै उनले सम्भावनाको ढोका भने खुला रहेको बताए ।

सरकारले देश र जनताका लागि गर्ने हितका काममा आफ्नो पार्टीको समर्थन रहने भट्टराईको भनाइ छ ।

उनले सरकारको बहुमत हुँदाहुँदै पनि धेरै पार्टी समावेश गरेर सरकार निर्माण गर्न खोज्नु लोकतन्त्रको हितमा नहुने जिकिर गरे ।

सत्ता र प्रतिपक्ष मिलेर लोकतन्त्र बनेको भन्दै उनले सत्तामोहमा लागेर सबै सत्तामै जानुपर्छ भन्ने जरुरी नरहेको बताए । सत्तामा गएरमात्रै काम गर्न सकिन्छ भन्ने मानसिकता राख्नु गलत भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्