Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


जेलबाटै परीक्षा दिँदै किस्मती


0
Shares

परीक्षामा प्रदेश नम्बर–७ बाट ५५ हजार २३६ विद्यार्थी सहभागी हुँदैछन् ।

क्षेत्रीय शिक्षा निर्देशनालय दिपायलकाअनुसार प्रदेश–७ मा योपटक माध्यमिक शिक्षा परीक्षामा नियमिततर्फ ५० हजार २२९, एक्जामटेडतर्फ ४ हजार ८६ जना र ९२१ जना प्राविधिकतर्फका परीक्षार्थी रहेका छन् ।

परीक्षाको सबै तयारी पूरा भएको जनाइएको छ ।

किस्मती जेलबाट परीक्षा दिँदै
गत फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलीयामा स्थानीय राधा चौधरीलाई ‘बोक्सी’ भन्दै कुटपिट गर्ने रामबहादुर चौधरीकी सहयोगी किस्मती चौधरी (पार्वती) जेलबाट नै माध्यमिक शिक्षा परीक्षामा सहभागी हुने भएकी छन् ।

कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहकाअनुसार उनी धनगढीको पञ्चोदय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सहभागी हुने भएकी छन् ।

किस्मती घोडाघोडीको राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत् थिइन् ।

देउकलीयामा घटेको घटनामा किस्मतीले पीडित राधालाई कुटपिट गर्न सघाएको आरोप छ ।

सो घटनापछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । हाल उनी पुर्पक्षका लागि थुनामा छिन् ।

Skip This