२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘प्रेस स्वतन्त्रतामाथि सरकारको तर्फबाट कहिल्यै खतरा आउँदैन’


0
Shares

नेपाल पत्रकार महासंघले राज्यमन्त्री बाँस्कोटाको सम्मानमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले आमसन्चार नीतिको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुसँग छलफल गरी अघि बढ्ने धारणा व्यक्त गरे ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकार ऐनको पूर्णकार्यान्वयन गर्न, समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न एवं पत्रकार महासंघको परिचयपत्रबाट सिंहदरबारमा पहुँचका लागि ध्यानाकर्षण गराए ।

महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली मिडियामा पुनर्संरचनाको समय भएको भन्दै प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हित, मिडिया उद्योगको विकास र नियामक निकायमार्फत् मर्यादित पत्रकारिताको प्रवद्र्धन अबको प्राथमिकता हुनुपर्ने बताए ।

यस्तै, महासंघका उपाध्यक्ष विपुल पोखरेलले समाचार लेखेकै कारण पत्रकारले अझैपनि धम्की तथा आक्रमणजस्ता घटनाको सामना गर्नुपरेको भन्दै त्यसतर्फ ध्यान दिन राज्यमन्त्री बाँस्कोटालाई आग्रह गरे ।