बिहीबारदेखि एसइई परीक्षा, गणितबाहेकका विषयमा प्रयोगात्मक • Image Khabar Image Khabar


बिहीबारदेखि एसइई परीक्षा, गणितबाहेकका विषयमा प्रयोगात्मक


Imagekhabar
७ चैत्र २०७४, बुधबार १९:२८

बिहीबारदेखि एसइई परीक्षा, गणितबाहेकका विषयमा प्रयोगात्मक

देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

कक्षा १० को अन्तिम परीक्षाकोरुपमा रहेको एसइई परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बुधबारै परीक्षा केन्द्रमा पुगेर तयारी गरेको उनले जानकारी दिए ।

नियन्त्रक रेग्मीले भने–‘जिल्ला–जिल्लाबाट शान्तिपूर्णरुपमा परीक्षा सन्चालन हुने वातावरण बनेको रिपोर्टिङ आएको छ । परीक्षा केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी पुगेका छन् ।’

परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् ।

साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सन्चालन हुनेछ ।

यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रमअनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सन्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षरांकन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भइ ग्रेडवृद्धि परीक्षामासमेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागिसमेत एक्जाम्टेड परीक्षार्थीकारुपमा परीक्षा दिने व्यवस्था छ ।

अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्नसक्ने अधिकार दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्