प्रदेश–४ को मन्त्रिपरिषद विस्तार अन्तिम समयमा स्थगित • Image Khabar Image Khabar


प्रदेश–४ को मन्त्रिपरिषद विस्तार अन्तिम समयमा स्थगित


Imagekhabar
८ चैत्र २०७४, बिहीबार १४:४६

प्रदेश–४ को मन्त्रिपरिषद विस्तार अन्तिम समयमा स्थगित

बिहीबार (आज) दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद विस्तारको तयारी गरिएको भएपनि अन्तिम समयमा पार्टीको आन्तरिक किचलो मिलाउन नसक्दा स्थगित भएको बुझिएको छ ।

प्रदेश–४ मा चार सदस्यीय मन्त्रिपरिषद यसअघि नै बनिसकेको छ । थप तीनजनालाई शपथग्रहण गराउन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार तीनजनाको नाम प्रदेशप्रमुखको कार्यालयमा पठाएका थिए ।

शपथका लागि पर्वतका सांसद विकास लम्साल, नवलपुरका रोशन गाहामगर र म्याग्दीकी नरदेवी पुनको नाम प्रदेशप्रमुखको कार्यालयमा पुगेपनि शपथ स्थगित भएको प्रदेशप्रमुखको कार्यालयका सचिव देवी ज्ञवालीले जानकारी दिए ।

लम्साललाई आर्थिक मामिला तथा योजनामन्त्री, गाहामगरलाई सामाजिक विकासमन्त्री र पुनलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने मुख्यमन्त्री गुरुङको तयारी रहेको थियो ।

उद्योग मन्त्रालय गोरखाका सांसद रामशरण बस्नेतले सम्हालेपनि उनलाई भौतिक विकासमन्त्री बनाएर पुनलाई उनको मन्त्रालय दिने तयारी रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्