प्रदेश–७ मा चारओटा संसदीय समिति गठन • Image Khabar Image Khabar


प्रदेश–७ मा चारओटा संसदीय समिति गठन


Imagekhabar
८ चैत्र २०७४, बिहीबार १७:०३

प्रदेश–७ मा चारओटा संसदीय समिति गठन

प्रदेशसभा बैठकले सार्वजनिक लेखा समिति, अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र विधायन तथा प्रदेश मामिला समिति गठन गरेको हो ।

बैठकले विभिन्न दलका सदस्य सम्मिलित समिति बनाएको हो भने सम्बन्धित समितिको बैठकले नै सभापतिको चयन गर्ने जनाइएको छ ।

बैठकले प्रदेशसभाको लोगो निर्धारणका लागि मस्यौदा समिति पनि गठन गरेको छ ।

मस्यौदा समितिमा नेकपा एमालेका बल्देव रेग्मी र लिलाधर भट्ट, माओवादी केन्द्रका वीरमान चौधरी, नेपाली कांग्रेसका श्यामलाल रानाथारु तथा राजपा नेपालका मालामती रानाथारु सदस्य रहेका छन् ।

प्रदेशसभाको अर्काे बैठक चैत १६ गते बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्