Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


इलाम अस्पतालमा सामाजिक सेवा इकाइ स्थापना, लक्षित समूहका बिरामीलाई छुट


0
Shares

आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने हकबाट नागरिकलाई बञ्चित हुन नदिन इकाइ स्थापना गरिएको हो । सरकारले आर्थिक वर्ष ०६९÷७० देखि जिल्ला अस्पतालभन्दा माथिका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्ता इकाइ राख्ने निर्णय गरेको थियो ।

यस वर्ष इलाम अस्पतालसहित देशका १६ वटा अस्पतालमा इकाइ स्थापना गरिएका छन् । यहाँबाट गरीब, असहाय, अपाङ्गता, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्ति, शहीद परिवार, कुपोषित बालबालिका, प्रहरीबाट ल्याइएका थुनुवा, दुर्घटनामा परेका अभिभावकविहीन बिरामीले सेवा पाउने इकाइ ब्यवस्थापन समिति प्रमुख बाचस्पति भट्टराईले जानकारी दिए ।