
सर्लाही, मंसिर ९ । ईलाका प्रहरी कार्यालय बरहथवाको हिरासतबाट एक महिला फरार भएकी छन् ।
विगत २२ दिनदेखि प्रहरीको हिरासतमा रहेकी महिला फरार भएकी हुन् । ड्युटीमा बसेका प्रहरीलाई झुक्याएर उनी भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।
प्रहरीका अनुसार उनलाई आफ्नै ससुराको हत्या गरेर फरार भएको अवस्था पक्राउ गरिएको थियो । घटना भएको १७ दिनपछि उनलाई प्रहरीले फेला पारी जिल्ला अदालत सर्लाहीको आदेशअनुसार हिरासतमा राखेर हत्याबारे अनुसन्धान गरिरहेको थियो ।
अभियुक्त महिला फरार भएपछि ड्युटीमा रहेका दुई प्रहरीलाई कारवाहीको तयारी गरिएको एसपी पोख्रेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्