२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘दुष्प्रचार’ छानबिन गर्न नेविसंघले बनायो तीन सदस्यीय समिति


0
Shares

संगठनभित्रकै केही व्यक्तिले संगठन, संगठनका पदाधिकारी र सदस्यहरुको बदनाम हुने गरी दुष्प्रचार गरेको भन्दै उपाध्यक्ष पवन यादवको नेतृत्वमा शनिबार तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो

समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।

पछिल्ला दिनहरुमा नेविसंघका पदाधिकारी र सदस्यहरुको नाम जोडेर नक्कली सर्टिफिकेट बनाउन संलग्न रहेको भन्दै सामाजिक सन्जालमा समाचार सम्प्रेषण भएको थियो ।

संगठन र पदाधिकारीको बदनाम गर्ने कार्यमा संलग्नलाई कुनै हालतमा छुट नदिने अध्यक्ष नैनसिंह महरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।