Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


‘प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता’


0
Shares

नेकपा माओवादी केन्द्रनिकट पाल्पा–काठमाडौं संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा शनिबार राजधानीमा आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले आगामी १० दिनभित्रमा पार्टी एकता हुनेगरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिए ।

मन्त्री पुनले भने–‘यही चैत २३ गते हुने प्रधानमन्त्रीको भारत भ्रमणअगावै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुनेगरी काम भइरहेको छ ।’

संविधान जारी भइ कार्यान्वयनको प्रक्रियामा रहेको अवस्थामा वाम गठबन्धनबीचको पार्टी एकतासँगै मुलुक आर्थिक, सामाजिक र साँस्कृतिक विकासको बाटोमा अगाडि बढ्ने उनले बताए ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामप्रसाद बन्जाडे, पूर्वसभासदद्वय विनोद पहाडी र तुलसा रानाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।

बैठकले घनश्याम बस्यालको नेतृत्वमा ३५ सदस्यीय मञ्चको नयाँ कार्यसमिति र पूर्वसांसद तुलसा रानामगरको नेतृत्वमा ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । रासस