
ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका सर्टिफाइड प्रशिक्षक सन्तोष श्रेष्ठले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरुबारे शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा जानकारी गराए ।
प्रतियोगीहरुलाई यामाहा सेफ राइडिङ साइन्स (वाइएसआरएस) कार्यक्रमको प्रयोगात्मक अभ्याससमेत गराइएको थियो ।
मिस नेपाल २०११ मलिना जोशीले प्रतियोगीहरुसँग आफ्नो मिस वर्ल्ड यात्राबारे अनुभव साट्दै भित्रैदेखि बलियो हुनुपर्ने सुझाव दिइन् ।
प्रतियोगीहरुमध्ये एकजनालाई ‘फेस अफ फेसिनो’ टाइटल प्रदान गरिनेछ ।
टाइटल विजेताको छनोटका लागि यामाहा सोरुमबाट हुने पब्लिक भोटिङ यही चैत २७ गते दिउँसो ३ बजेसम्म खुला रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्