Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


प्रतिवेदनलाई बुधबार अन्तिमरुप दिने सहमति


0
Shares

सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आइतबारको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

उनले भने–‘मस्यौदामाथि दुवै पक्षले आ–आफ्ना सुझाव राख्ने र छलफल गर्ने काम पूरा भएको छ, सबै सुझाव समेटेर कार्यदलले १४ गते बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिनेछ ।’

नेकपा एमालेका नेता माधवकुमार नेपाल संयोजक रहेको उक्त कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र नेम्वाङ तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् ।

कार्यदलले तयार गरेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउनेछ ।

दुवै पार्टीका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रममार्फत् पार्टी एकता अब छिट्टै घोषणा हुने बताउँदै आएका छन् । रासस