 
	    ताप्लेजुङ, चैत १२ । दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित आधाजसो सिसी क्यामेरा तीन महिनादेखि बिग्रँदा कामै गर्न छाडेको छ ।
तैपनि मर्मत गरिएको छैन । बजार क्षेत्रमा जडित १३ मध्ये ६ वटा क्यामेरा तीन महिनादेखि कामै नगर्ने भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
रकम नहुँदा मर्मत गर्न नसकेको सिसी क्यामेरा सञ्चालन तथा मर्मत संभार उपसमितिका संयोजक तारानाथ घिमिरेले बताए ।
बजार क्षेत्रमा हुने चोरीलगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुई वर्षअघि बजार क्षेत्रमा क्यामेरा जडान गरिएको थियो ।
सिसी क्यामेरा जडेपछि सदरमुकाम भित्र भएका दर्जनौं आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिन सफल भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्