Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


दुर्घटनामा दुईजनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४, महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुंगा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुर रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प १९७७ नम्बरको मोटरसाइकलले आइतबार राति साइकललाई ठक्कर दिएको थियो ।

चौधरी र ठाकुरको लहानस्थित डिभाइन अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार सप्तरी, बोदेबर्साइन नगरपालिका–८ का ३० वर्षीय भुनेश्वर चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । रासस