
थपिएका तीन मन्त्रीहरुमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । गुरुङ आर्थिक मामिला तथा योजनामन्त्री, पुन सामाजिक विकासमन्त्री र लम्साल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका हुन् ।
नवनियुक्त मन्त्रीहरुले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख बाबुराम कुवँरले उनीहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।
उद्योगमन्त्रीमा यसअघि रामशरण बस्नेत थिए । बस्नेतलाई भौतिक पूर्वाधारमन्त्री बनाएर लम्साललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
नवनियुक्त मन्त्रीहरुले सोमबारै आ–आफ्नो मन्त्रालयमा पुगेर पदभारग्रहणसमेत गरेका छन् ।
प्रदेश–४ मा गत फागुन ४ गते नै मन्त्रिपरिषद गठन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्