‘जलवायु परिवर्तनले मलेरिया र डेंगीको जोखिम बढ्यो’ • Image Khabar Image Khabar


‘जलवायु परिवर्तनले मलेरिया र डेंगीको जोखिम बढ्यो’


Imagekhabar
१५ चैत्र २०७४, बिहीबार १४:५४

‘जलवायु परिवर्तनले मलेरिया र डेंगीको जोखिम बढ्यो’

विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले संयुक्तरुपमा बिहीबार राजधानीमा गरेको जलवायु परिवर्तनले स्वास्थ्यलाई पारेको असरसम्बन्धी सम्मेलनमा विज्ञहरुले जलवायु परिवर्तनको असरका कारण हिमाली क्षेत्रमासमेत मलेरिया र डेंगीको समयमा देखिएको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले जलवायु परिवर्तनले मानिसको स्वास्थ्यमा असर देखिन सुरु गरेकाले अब नेपालले के गर्नुपर्छ भन्नेबारेमा छलफल गर्न सम्मेलन आयोजना गरेको बताए ।

सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी ९ ओटा कार्यपत्र पेस गरिनेछ ।

परिषदकै डा. मेघनाथ धिमालले कार्यपत्र पेस गर्दै जलवायु परिवर्तनका कारण नेपालमा कुपोषणको समस्या अझ बढी देखिने जोखिम बढेको बताए ।

यस्तै, विश्व स्वास्थ्य संगठनका राजाराम पोटे श्रेष्ठले जलवायु परिवर्तनका कारण विश्वमा ६ लाख मानिस झाडापखाला र मलेरिया रोगबाट प्रभावित भएको बताए ।

सन् २०१० को जलवायु परिवर्तन र यसको जोखिमसम्बन्धी अध्ययनले नेपाललाई विश्वमा चौथो जोखिम राष्ट्र देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्