नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज नेपाल ल्याइने « Image Khabar


नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज नेपाल ल्याइने


Imagekhabar
१७ चैत्र २०७४, शनिबार ०९:३६

काठमाडौं, चैत १७ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज नेपाल ल्याइने भएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा हिजो निधन भएका खड्काको शव आज अपराह्न काठमाडौं ल्याइने भएको हो ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार नेपाली कांग्रेसको कार्यालयमा राखिने र त्यसपछि अन्त्येष्टि गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो ।

नेता खड्काको निधनका कारण कांग्रेसले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक पनि स्थगित गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्