
इलाम, चैत १७ । मेची राजमार्गअन्तर्गत माईखोला–इलाम सडकखण्ड मर्मतको काम रक एङ्करिङ प्रविधिबाट धमाधम भइरहेको छ ।
यो सडकखण्डको माइखोलाबाट करीब एक किलोमिटरसम्मको सडक बर्षेनी भासिने, पहिरो जाने भएकाले यात्रु तथा सवारी चालकलाई समस्या हुने गरेको छ ।
बर्षामा हिलो र हिउँदमा धुलोका कारण आवत–जावत गर्ने सवारी र यात्रुलाई समस्या भएपछि रक एङ्करिङ प्रविधिबाट सडक मर्मत गर्न थालिएको हो ।
यसअघि यो प्रविधिबाट सिन्धुपाल्चोक र मुग्लिन–नारायणघाट सडक खण्डमा प्रयोग गरिँदै आएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुबकुमार झाले जानकारी दिए ।
सडक निर्माण गर्न ५ करोड ४७ लाखमा ठेक्का लगाइएको छ ।
आर्थिक वर्ष २०७२/७३ बाट सुरु गरिएको सडक मर्मतको काम अहिलेसम्म ५० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्