
खड्काको पार्थिव शरीर राति १०ः३० बजे नयाँदिल्लीबाट काठमाडौं आइपुग्ने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनकाअनुसार खड्काको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आइतबार बिहान ९ः०० देखि १३ः०० बजेसम्म सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ भने त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित ६७ वर्षीय खड्काको शुक्रबार साँझ निधन भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्