१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


क्यानडा पठाइदिने भन्दै ठगी गर्ने समातिइन्


0
Shares

काठमाडौं, मंसिर ७ । केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले ‘क्यानडा पठाइदिन्छु’ भन्दै ठगी गर्ने एकजनालाई शुक्रबार पुतलीसडकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, बकैया गाउँपालिका–९ की सुनिता तिवारी बाइवा रहेकी छन् ।

क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाइदिएर भारतसम्म पुर्‍याइ पीडितबाट प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म रकम लिइ मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

बाइवालाई शुक्रबारै जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

शिक्षा मन्त्रालयबाटसमेत स्वीकृति नलिइ काठमाडौंको पुतलीसडकमा कार्यालय खोलेर विदेशमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात् नेपालबाट भारतको नयाँदिल्लीलगायतका विभिन्न स्थानमा पुर्‍याइ महिनौंसम्म राखेर शोषण गरी पीडितलाई अलपत्र पारी सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । रासस